उर्लावारीमा मौरीलाई चिनी र सातु

उर्लावारी २२ साउन । मोरङ्गको उर्लाबारी नगरपालिकाले मौरी पालक कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृत्रिम आहाराका लागि चिनी र सातु वितरण गरेको छ । उर्लाबारी नगरपालिका अन्तर्गत कृषिशाखाले मौरी पालक कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृत्रिम आहाराका लागि चिनी र सातु वितरण गरेको हो ।

आर्थिक बर्ष २०७८÷०७९को बजेट मार्फत मौरी पालक कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृत्रिम आहाराका लागि चिनी र सातु वितरण गरेकोे उर्लाबारी नगरपालिका मेयर खड्ग फागोको भनाई छ ।

मौरी पालक समूहमा आवद्ध ६४ जना कृषकलाई मौरी गोलाका आधारमा कृत्रिम आहाराका लागि चिनी र सातु वितरण गरेको कृषि शाखा प्रमुख अम्विका प्रसाद लुईटेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.