बिर्तामोडका मिटरव्याजी बस्नेत पक्राउ

झापा , २१ साउन । बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् ।अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए । कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं६ घर भई हाल बिर्तामोड ५ मा डेरा गरि बस्ने ३४ वर्षीय बस्नेत फरार रहेकोमा उनलाई सुनसरीको इटहरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीसंग समन्वय गरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.