दमक,२० साउन । जनता समाजवादी पार्टी विभाजन भएसंंगै दमकमा नगर नेतृत्व विवादीत बनेको छ ।उपेन्द्र यादव नेतृत्वको जसपाको दमकमा दुई वटा समिति गठन भएका छन् । दुवै समितिले अलग अलग कार्यालय स्थापना गरि आफूहरु आधिकारिक भएको दावी गरिआएका छन् ।
जसपामा दाहाल अघि गंगा प्रसाद दुलालको अध्यक्षतामा पार्टीले नगर समिति गठन गरेको थियो । दमक १ मा उक्त समितिले साता दिन अघि कार्यालय सञ्चालनमा ल्याएका थिए । उक्त कार्यालयको उद्घाटन पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरीले गरेका थिए ।
जसपाको आधिकारिक विवाद लम्बिदै गएपछि कार्यकर्ताहरुवीच अन्यौल बढ्ेको छ । जसपाको दाहाल समूहले आज दमक ८ मा औपचारिक कार्यक्रम गरि कार्यालय सञ्चालनमा ल्याइएका थिए । उक्त कार्यालयको पार्टीका राजनीतिक समिति सदस्य तथा प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङले उद्घाटन गरे । उनले कार्यालय उद्घाटनका क्रममा दाहाल नेतृत्वको समितिनै आधिकारिक भएको दावी गरे ।
पार्टीको नगर कार्यालय उद्घाटनको अवसरमा पार्टीका प्रदेश सदस्यहरू पदमकुमारी राई, कमन देवान, दिनेश दंगाल, समाजवादी ट्रेड युनियन केन्द्रीय सदस्य कुल बहादुर तामाङ, झापा अध्यक्ष मिलन योगी, दमक बहुमुखी क्याम्पस अध्यक्ष दिपक लिम्बू, दमक वार्ड नं १० की महिला सदस्य भूमिका आचार्य, दलित महिला सदस्य रेनुका देवी दर्जी लगायतको उपस्थिति थियो ।
जसपाद्धारा ३० पिन्ट रगत संकलन
जनता समाजवादी पार्टी दाहाल समूहको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।दमक ८ मा पार्टी कार्यालय शुभारम्भका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिला सहित ३० जनाले रगतदान गरेको पार्टी नगर अध्यक्ष खेम दाहालले बताए । रक्तदान दमक रेडक्रस उपशाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । पार्टीका झापा क्षेत्र नं ५ ख अध्यक्ष दिपक न्यौपानेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम नगर सचिव शुनिल राईले गरेका थिए ।