
दमक,२० साउन । झापाको दमक र पूर्वी मोरङको पथरीशनिश्चरेका शिविरमा बस्दैआएका करिव ३ हजार भुटानी शरणार्थीलाई कोरोना विरुद्धको खोप दिईएको छ ।
स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ बर्ष माथिका करिव ३ हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो । नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर ) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको मोरङको पथरीशनिश्चरे स्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिए ।
उहाँका अनुसार पथरी शिविरमा कुल १ हजार ५ सय भुटानी शरणार्थीमध्यें ८ सय ५६ र दमकको बेलडाँगीस्थित शिविरका २ हजार ३ सय ७ जना शरणार्थीलाई खोप दिइएको हो । खोप कार्यको अनुगमनमा दुवै जिल्लाका प्रशासनका अधिकारी,दातृ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
४ महिना अघि निकालिएको तथ्यांक अनुसार झापा र मोरङमा कूल ६ हजार ५ सय जना भुटानी शरणार्थी बसोबास गरिरहेको बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिवी राईले बताए ।