दमक,१९ साउन । झापाको दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकाका करिव २२ सय बिघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण शुरु गरिएको दमक औद्योगिक पार्कका मुआव्जा पीडितहरुको एक समूहले मुआव्जा पुनः निर्धारण गरिदिन माग गरेका छन् ।
पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका केहि जग्गाधनीहरुले आफ्नो अर्बौ रुपैयाँको जग्गाको मुआब्जा कौडीको भाउमा दिन नसक्ने बताउदै सरकारका अधिकारीसंग उचित पुनः मुआव्जाको व्यवस्था गरिदिन माग गरेका हुन् ।
सरकारी मुआब्जा मूल्याङ्कन समितिले स्थानीय जग्गादाता हरुलाई समावेश नै नगरी र जग्गादाताहरुको सुझाबको सुनुवाई नगरि हचुवाको भरमा जग्गाको मूल्य निर्धारण गरिएपछि पार्क मुआव्जा विवादीत हुदैआएको छ । मुआव्जा कतिपयले लिदैआएका र कतिपयले भने सन्तोषजनक नभएको भन्दै विरोध गरिआएका छन् ।
चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत बन्ने भनिएको नेपाल चीन मैत्री पार्क निर्माणमा आफनो कुनै विरोध नभएको तर जग्गाको सरकारी मूल्याङकनले त्यहाँका कयौ सर्वसाधारणहरु उठिबाँस हुने अवस्था आएकाले मुआव्जा निर्धारण पुनः मूल्याङकन गरिनु पर्ने पीडितहरुद्धारा गठित संघर्ष समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले बताए । मुआब्जाको विषयलाई वैज्ञानिक तरिकाले सम्बोधन नगरे पीडितहरु अदालतको ढोका सम्म जान सक्ने उहाँले चेतावनी दिए । उक्त संघर्ष समितिले मुआव्जा निर्धारण पुनः गर्न माग राख्दै स्थानीय तहहरुमा यसअघिनै ज्ञापनपत्र बुझाईसकेका छन् ।
उनका अनुसार उक्त सङ्घर्ष समितिको एक प्रतिनिधिमण्डल काठमाण्डौमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र बुझाएको छ ।
यसैगरि संघर्ष समितिको टोलीले नेपाली कांग्रेस संसदीय दलका सचेतक मिन विश्वकर्मा,उद्योग सचिव अर्जुनप्रसाद पोख्रेललगायतकालाई समेत आफना माग सुनुवाई गरिदिन आग्रह गरिएको सर्घष समितिका अध्यक्ष भट्टराईले बताए ।
संघर्ष समितिले दमक औद्योगिक पार्कको स्थानीय समिति सरोकारपक्षलाई समावेश नगरि एकपक्षीय ढंगले निर्माण गरिएकाले त्यसलाई भंग गरि सर्वपक्षीय पार्क व्यवस्थापन समिति गठन गर्नुपर्ने , पार्कमा हासम्मको खर्च र आगामी बजेटसम्मको विषय अबिलम्ब सार्वजनिक गर्नुपर्ने समेत ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिनिधि मण्डलमा संघर्ष समितिका पदाधिकारीसहित संघीय सांसद महेन्द्रकुमारी लिम्बू,दमक नगरपालिकाका प्रमुख रामकुमार थापा,उपप्रमुख रेगिना भट्टराई, माओवादीका नेता गगन पुरी, कांग्रेस दमक नगर सचिव दिपेश दाहाल, संर्घष समितिका सदस्यहरु रोम भण्डारी,मदन प्रसाई,प्रकाश थापालगायतको सहभागिता रहेको थियो ।