
दमक,२० साउन । दमक उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियान अन्तर्गत करिव रु ४१ लाख ७५ हजार सहयोग जुटाएको छ ।
संघको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेण्टिलेटरसहित बिभिन्न स्वास्थ्य उपकरणहरु खरिदका लागि रु ४१ लाख ७५ हजार सहयोग जुटाईएको अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
संघले आज पत्रकार सम्मेलन गरि निजी क्षेत्र।संघसंस्था,व्यक्तिहरुको सहकार्य त्यतिका सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरणहरु खरिद गरि ल्याई समेत सकिएको उनले बताए ।
सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइंको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो ।
अभियानका संयोजक प्रसाईंका अनुसार दमकमा कोरोनाको महामार िनियन्त्रणका लागी नीजि क्षेत्रको तर्पmबाट पनि सहयोग पुगोस भनेर बिभिन्न व्यक्ति तथा संस्थाहरु, लायन्स क्लब संगको सहकार्यमा सहयोग प्राप्त भएको थियो । अभियानमा संघको कोषबाट रु ७ लाख ७७ हजार , बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट रु ८ लाख २६ हजार रुपैयाँ उठाईएको थियो भने बाँकी रकम लायन्स क्लबको तर्पmबाट प्राप्त भएको उनले जानकारी दिए । अभियानमा व्यवसायी सुवासचन्द्र भट्टराईले रु ५५ हजार रुपैयाँ, अभियानका संयोजक प्रकाश प्रसाई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, शिवकुमार अधिकारी, सत्यनारायण चौधरी, फौदबहादुर गहतराज, अरुण भण्डारी, भगवान बस्नेत, गनबहादुर अधिकारी र दर्पण सहकारी संस्थाले रु ५१–५१ हजार रुपैयाँ, कुमारी बैंकले रु ५० हजार रुपैयाँ, संघका द्वितीय उपाध्यक्ष राजकुमार योङया र टिकाराम खतिवडाले जनही रु ३१–३१ हजार रुपैयाँ, युवराज खनाल, दमक किचन गुड्स, भरत चम्लागाईं, हरि बिमली, नविन कुमार अग्रवाल, अजय अग्रवाल, सुजता ईन्टरप्राईजेज र ओम सतासी सहकारीले जनही रु २५–२५ हजार रुपैयाँ उपलब्ध गराएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
संकलित रकमबाट संघले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर,अक्सिजन कन्सट्रेटर उपकरणसहित स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई छिट्टै प्रदान गरिने संयोजक प्रसाईले बताए ।