झापा,१९ सउन ।आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्।शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।
यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज करूणा रावललाई प्रदान गरिएको छ।यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए ।
जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी छन् ।सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन् । यो वर्ष मिस वर्ल्डमा भने मिस नेपाल २०२३ सृच्छा प्रधानले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा सुर सुधाले प्रस्तुति दिएको थियो ।