दानाबारी ,१९ साउन । इलामको माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाईते भएका छन्।
मृत्यु हुनेमा माई–१० गधेनी भञ्ज्याङका २५ बर्षिय दिनेश सार्की रहेका छन् । शुक्रबार अपरान्ह ५ वजे शुक्रबारे वजारवाट सितली तर्फ जादै गर्दा उनीहरु सवार ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गरुवा खोलाको पुलमा ठोकिएको थियो।
पुलमा मोटरसाइकल ठोकिदा माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय मोटर साइकल चालक विनोद लिम्बू र सोही स्थानका १६ बर्षिय रोशन लिम्बू घाईते भएका छन् । घाईते मध्ये लिम्बूको अवस्था गम्भिर रहेको वताईएको छ ।
घाईतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरी हवल्दार निरानन्द न्यौपानेले जानकारी दिए । घटना भए लगत्तै घटनास्थलमा आईपुगेका माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बूले आफ्नो गाडीमा तीनै जना घाईतेलाई लगाएर विएण्डसी अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याएका सार्कीलाई अस्पतालले मृत घोषित गरेको थियो भने अन्य दुई जना घाईतेको उपचार भइरहेको वताइएको छ ।