कमल ,१८ साउन । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोग फैलिन नदिन बिषादी छर्किने कार्य शुरु गरिएको छ ।पछिल्ला समय लामखुटटेको टोकाईबाट डेङ्गु लगायतका संक्रमण फैलिन थालेपछि पालिकाले जोखिम स्थानमा विषादी छर्किने कार्य थालेको पालिकाले जनाएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले स्वास्थ्य शाखाको समन्वयमा पालिकाका संक्रमण जोखिम क्षेत्रमा बिषादी छर्कने कार्यक्रम भईरहेको बताए । गत साउन १७ गतेदेखि शुरु भएको छर्किने कार्य कमल २ को क्याम्पा, सराङ्पाडा, केर्खा, पाडाजुङ्गी,मङ्गलबारे, लभडाडा, पेट्रोलपम्प, रङ्गपुर र बाह्घरे क्षेत्रमा बिषादी छर्कने कार्य सकिएको हो । विषादी छर्किने कार्य आवश्यकता अनुसार वडाबाट नै गर्न सकिने गरि व्यवस्था मिलाईएको अध्यक्ष राईले बताए ।
यसैगरि,पछिल्ला समय कमलमा डेंगीको संक्रमण देखिदै गएपछि समुदायस्तरमा स्वास्थ्य सचेतना कार्य तीव्र पारिएको छ । डेंगी संक्रमण थप फैलिन नदिन लामखुटटे बस्ने स्थानको पहिचान गरि लार्भा नष्ट अभियान समेत थालिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपकप्रसाद दाहालले जानकारी दिए ।