दमक,१८ साउन । युवाहरुको नेतृत्व विकासमा जोड दिदैआएको दमक जेसीजले समुदायसम्म आफनो सक्रियता बढाउन एकै साथ विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ ।
दमक जेसीजले स्थानीय पतंन्जली योग समिति दमकको संयुक्त आयोजनामा असार १ गतेदेखि ३१ असारसम्म योग स्वास्थ्य सचेतना सम्बन्धी एक महिने योग शिविर सञ्चालन गरेको छ । यसैगरि , दमक जेसीजका उपाध्यक्ष समिर दाहालको सहयोगमा किवानिस क्लब अफ दमकको आयोजनामा हालै मात्र आम्दा अस्पताल दमकमा नावालक शिशुहरुलाई दर्जन बढी झुल बितरण गरिएको थियो ।
यसैगरि श्रावण १७ देखि २१ गते सम्म सञ्चालनमा रहेको राष्ट्रिय स्तरको टट तालिममा दमक जेसीजबाट यो बर्ष एकै साथ ६ जनाको सहभागिता रहेको छ । त्यस्तै, श्रावण २० गते वेष्ट फेक्ट्ररी दमकको सहकार्यमा दमक– ६ स्थित नमुना मार्गमा एक दिने शारीरिक ब्यायाम कक्षा सञ्चालन गरिने तय भएको दमक जेसीजका अध्यक्ष सञ्जिव बरालले बताए । त्यसैगरि साउन २१ गते दमक ९ स्थित कन्काई पार्टी प्यालेसमा गोल्डन ओक कमेडी यात्रा सञ्चालन गरिने तयारी तीव्र भईरहेको उनले जनाएका छन् । ती सवै कार्यक्रम सम्पन्न गर्न जेसीजले विभिन्न उपसमितिहरु गठन गरिएको जनाईएको छ ।