कमलमा जनप्रतिनिधिसहित स्थानीयहरु तटबन्धनमा जुटे

कमल ,१८ साउन । झापाको कमल गाउँपालिका वडा नं २ स्थित क्याम्पामा कमल खोलाले बस्ती तर्फ कटान गर्न थालेपछि खोलाको धारलाई सोझ्याउन स्थानीयबासी जुटेका छन ।
उनीहरुले खोलामा जेसीविको समेत सहयोगमा खोलामा पानीको बहाबलाई मध्यभाग तर्फ सोझ्याउने प्रयास गरेका हुन्। स्थानीयहरुले गाउँपालिकाको प्राविधिकहरुसंग आवश्यक परामर्श लिँदै गााउँपालिका अध्यक्ष हुकुमसिंह राई, सो वडाका वडाध्यक्ष अशोक लिम्बु लगायत जनप्रतिनिधिहरुसहितको समुह बाँसको पाइलिगं निर्माण गर्ने काम मा जुटेको हो । स्थानीय युवाहरुले खोलामा अस्थाई तटबन्धनका लागि बाँसको पाइलिगं निर्माणमा श्रमदान गरेका छन ।
बर्षौदेख क्याम्पा र आसपासको क्षेत्रमा कमल खोलाको बाढी कटानका कारण सयौं विगाहा धान खेत बगरमा परिणत भइरहेको छ । गाउँपालिका अध्यक्ष राईले तत्काल नदीकटान रोकथामका लागि त्यस्तो प्रयास गरिएको बताउँछन । उनले सो खोलाको कटान नियन्त्रणका लागि गाउँपालिकाको तर्फबाट संघीय सरकारको ध्यानाकर्षण गराईएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published.