
झिलझिले,१८ साउन । किरात राई विद्यार्थी संघ शिवसताक्षी नगर समिति गठन गरिएको छ । हालै सम्पन्न नगरस्तरिय राई विद्यार्थीहरुको भेलाले अर्जुन चाम्लिङ राईको अध्यक्षतामा किरात राई विद्यार्थी संघ शिवसताक्षी गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा ममता राई, सचिवमा प्रमिला कुलुङ राई, सहसचिवमा अमृत धन कुलुङ राई र कोषाध्यक्षमा बिनय राई चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा नबिना राई,नेहा राई, दिप दर्पण राई, संयोग राई ,मनु राई लगायत चुनिएका छन् । संघले जिल्ला भित्रका आफना संगठनको निर्माण,पूर्नगठन कार्य सञ्चालन गरिआएको छ । सोहि अवसरमा निर्वाचित समितिलाई सपथग्रहण समेत गराईएको थियो ।