सिन्धुपाल्चोक १७ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुलसहित १७ घर टहरा बगाएको छ । चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका गरी १७ घर बगेका छन् । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । गएको असार १ गते आएको बाढीले लेदो भरिएका घरहरु गएरातिको बाढीले बगाएको हो । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । उज्यालोबाट साभार