कमल,१६ साउन । झापाको कमल गाउँपालिका -२ मा मासिक रुपमा सञ्चालन हुदै आएको विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत शुक्रवार मुख तथा दन्त शिविरसहित नियमित खोप र स्तनपान सप्ताह कार्यक्रमको आयोजना गरिएको छ ।
कमल गाउँपालिका वडा न. २ को आयोजना तथा दमकस्थित थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा कमल २ स्थित पाथिभरा बोर्डिङ इङ्लिस स्कुलमा चार सय ५० विद्यार्थी,शिक्षक र उनका अभिभावकहरूको मुख तथा दन्त सम्बन्धी उपचार तथा परीक्षण गर्नुका साथैं आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको वडा अध्यक्ष अशोक सुब्बाले बताए । मुख तथा दन्त परीक्षणमा डेन्टलकी डा. सोफिया थुलुङ,डा. हाङमा मादेन लिम्बू लगायतको चिकित्सक टोलीले सहयोग पुरयाँएका थिए ।
कार्यक्रममा वडा सदस्य कल्पना राई , भीमसिंह कार्की , विद्यालयका प्रधानाध्यापक राम आङ्देम्बेले लयायतको सहभागिता रहेको थियो । दुई महिनादेखि वडाले डेन्टल क्लििनकको सहकार्यमा विद्यालय स्तरमा दन्त शिविर आयोजना गर्देआएको छ ।
त्यसैगरी, कमल नगर अस्पतालको समन्वयमा सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम अन्तर्गत साउन १५ गते भुत्लुङमा र साउन १६ गते कमल नगर अस्पताल खोप केन्द्रमा नियमित खोप सेवा सम्पन्न गरिएको छ । शुन्य देखि १५ महिनासम्मका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्धको खोप स्वास्थ्यकर्मी पञ्जिका थापा मगर र रञ्जु बरालद्वारा प्रदान गरिएको थियो।
यसैबीच, विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा कमल नगर अस्पतालमा नवजात शिशुकी आमाहरू र गर्भवती महिलाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न्न गरिएको छ । कार्यक्रममा स्तनपानका महत्व, विधि, सुत्केरी तथा शिशु स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारीहरू सीएएनमी निरीक्षक गीता मग्रातीद्वारा प्रस्तुत गरिएको थियो।
यी सबै कार्यक्रमहरूले कमल गाउँपालिकाको जनस्वास्थ्य क्षेत्रमा सेवा पहुँच, सचेतना र नागरिक सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको अस्पतालका कार्यालय प्रमुख दिपककुमार दाहालले बताए ।