कोदालोको पासो प्रहार गरि श्रीमतीको हत्या

पाँचथर,१६ साउन । पाँचथर फिदिममा श्रीमानले कोदालोको पासो प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । जिल्लाको फालेलुङ–७ घर भएका २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादमा २२ वर्षीय अनु राईलाई बिहीबार राति ८ बजे कोदालोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएकोमा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङले जानकारी दिए ।तामाङका अनुसार उनीहरु बीच घरायसी विवाद र मनमुटाव रहेको खुलेको छ । महेन्द्रले ससुराली घर नजिकै कोदालोको पासो प्रहार गरेका हुन् ।

श्रीमतीलाई कोदालो प्रहार गरेपछि फरार भएका तामाङलाई फिदिम नगरपालिका–६ सिवास्थित गोले गाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.