झापामा बाढी तथा डुुबानको जोखिम, सतर्कता अपनाउन आग्रह


झापा, १६ साउन । झापा र सुनसरीलगायत प्रदेश १ का विभिन्न जिल्लामा आज ठूलो वर्षा भइरहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी, शनिश्चरे र चन्द्रगढी आसपासका क्षेत्रमा ठूलो वर्षा भईरहेकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश १, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान महाशाखाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.