दमक,१५ साउन । दमकका युवा व्यवसायी रमेश लुईटेलले आफना छोरा आरम्भको जन्मदिनमा इलामको एक विद्यालयका चार दर्जन बढी विपन्न विद्यार्थीलाई झोला उपलव्ध गराएका छन् ।दमक- ६ स्थित थानारोडमा रहेको आरम्भ कम्यूटरका सञ्चालक समेत रहेका रमेश सहित चारु भण्डारी(लुइँटेल) ले आइतवार आफनो छोराको १० औ जन्मदिनमा इलामको माङ्सेबुङ–४ सिमलटारस्थित सरस्वती आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई पुस्तक बोक्ने झोला प्रदान गरेका हुन् । यसैगरि, विद्यालयका ११ जना शिक्षक तथा कर्मचारीलाई समेत झोला प्रदान गरिएको हो ।
ती सहयोग सामाग्रीहरु लुईटेल दम्पत्तीसहित छोरा आरम्भ र छोरी स्मृतिले प्रधानाध्यापक दाताराम खनाललाई हस्तान्तरण गरेका हुन् । दाता लुईटेल परिवारले यस किसिमको सहयोग कार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए ।
यस्तै,विद्यालयका प्रअ खनालले सहयोगी लुईटेल परिवारले पुरयाँएको यस किसिमको सहयोग प्रशंसनीय भएको भन्दै धन्यवाद दिएका छन् ।