झापा, १५ साउन । मोरङ र उदयपुरमा भएका अलग अलग दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित पूर्वपश्चिम राजमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को ३८ प ९६५ न.को मोटरसाइकलले बुधबार राती ८ वजेतिर पैदलयात्री सुन्दरहरैचा -६ बस्ने ७० वर्षीया लिलम दाहाललाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर पठाइएकोमा उपचारको क्रममा विहिबार बिहान ३;५५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल र चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ६ बस्ने २४ वर्षीय हिमाल मगरलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।यसैगरि, विहिबार बिहान ६ बजे उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।
शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारका क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।