चिया उद्योगमा आगलागी हुँदा करिब तीन करोड क्षति

इलाम, १५ साउन । सूर्योदय नगरपालिका–८ मालुममा रहेको रक्तकाली टी स्टेटमा आगलागी भएको छ । बिहीबार राति करिब १२ बजे आगालागी भएको हो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

विद्युत चुहावट भई आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया‚ प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार गरी करिब तीन करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले बताएको छ ।

आगलागी भएको करिब ४५ मिनेटपछि सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रहरी निरीक्षक खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरी, प्रहरी चौकी फिक्कल, सशस्त्र बेस क्याम्प आइतबारेका सशस्त्र प्रहरी घटनास्थलमा पुगेका थिए ।

सुरक्षा निकाय, स्थानीय बासिन्दा र नगर प्रहरीले सूर्योदय नगरपालिकाको दमककलको सहयोगमा करिब साढे पाँच घण्टापछि आगलागी नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published.