साउन १६ गते किरणको स्मृतिमा फूटसल प्रतियोगिता

दमक,१४ साउन । झापा,कमल- ५ का दिवंगत लक्ष्मीप्रसाद लिम्बूको (किरण लिम्बू) स्मृतिमा दमकमा फूटसल प्रतियोगिता आयोजना गरिने भएको छ । यहि साउन १६ गते हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा दमकसहित झापा, मोरङ,सुनसरी र इलामका १५ वटा फूटसल टिमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक सुमन राईले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विजेता हुनेले ५० हजार , उपविजेताले नगद २५ हजार,प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने छ । यसैगरि, उत्कृष्ठ खेलाडी,हाइ स्कोरर, उत्कृष्ठ गोलकिपर हुनेलाई समेत समेत पुरस्कृत गरिने संयोजक राईले बताएका छन् । प्रतियोगिता दिवंगत लिम्बूको परिवारसहित साथीभाई सर्कलको अगुवाई सम्झना स्वरुप फूटसलको आयोजना गरिएको हो ।

प्रतियोगिता खेल मात्र नभएर स्मृतिमा सम्मान र मित्रताको प्रतिकलाई जिउँदो बनाउन यस किसिमको प्रतियोगिता गर्न लागिएको उनले बताएका छन् । ३० बर्षिय लिम्बूको गतवर्ष मोटरसाइकल दुर्घटनाका कारण विर्तामोडमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.