कमलमा क्लब हिमालयन टाइगर गठन

दमक ,१३ साउन । सामाजिक कार्यमा सक्रिय संस्था क्लब हिमालयन टाइगरले झापाको कमलमा आफनो शाखा बिस्तार गरेको छ ।शनिवार कमल -५ स्थित मंगलमय माविको सभाहलमा सम्पन्न भेलाले केदारनाथ चापागाईको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । १७ सदस्यीय सर्वसम्मत गठित समितिको उपाध्यक्षमा कमल सुवेदी,महिला उपाध्यक्षमा सन्जु निरौला ,सचिवमा भवानी सापकोटा ,सहसचिव डिल्लिराम पराजुली र कोषाध्यक्षमा याम प्रकाश सुब्बा चयन भएका छन् । यस्तै सदस्यहरुमा शेखर गौतम,संजिव पाठक, बेदप्रसाद चापागाई, कविन्द्र बिमली,नेत्रप्रसाद दाहाल,नरप्रसाद अधिकारी , पिल्सन अधिकारी , सिसम नेपाल, भुपेन्द्र अधिकारी र रक्षा पाण्डे चुनिएका छन् ।
क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवतराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा मंगलमय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ थापा, क्लबका सल्लाहकार गणेश प्रधान, लेखक एवं शिक्षक ओमप्रकाश गौतम, क्लबका केन्द्रीय महासचिब तेज बहादुर श्रेष्ठ, दमक शाखा अध्यक्ष मेघनाथ फुयल, उपाध्यक्ष अनु भण्डारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
२०१९ मा स्थापना भएको यस क्लबले स्वदेश तथा विदेशसम्म आफ्नो सञ्जाल विस्तार गरि विभिन्न सामाजिक कार्यलार्ई निरन्तरता दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published.