दमक ,१२ साउन । दमककी सामाजिक अगुवा दुर्गादेवी काफ्ले खनाल काठमाडौंमा सम्मानित भएकी छन् । दमकको पाणिनी माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेकी श्रष्टा तथा सामाजिक क्षेत्रमा सक्रिय काफले ‘ग्लोवल स्टार लाइफ टाइम अचिभमन्ट अवार्ड’बाट सम्मानित भएकी हुन् । नेपाली साहित्यीक क्षेत्रमा बिशिष्ट योगदान पुरयाँएको भन्दै उनलाई १० साउनमा सम्मान प्रदान गरिएको हो ।
दक्ष इन्टनेशनलले हरेक वर्ष वितरण गर्देआएको सो अवार्ड पाएकी उनले शिक्षा,साहित्य,संगीत तथा समाजमा योगदान पुरयाँउदैआएकी छन् । श्रष्टा काफ्लेले साहित्य सम्बन्धी विभिन्न चारवटा कृति वजारमा ल्याईसकेकी छन् । सम्मान ग्रहणपछि श्रष्टा काफ्ले यो सम्मानले आफूलाई थप जिम्मेवारी पाएको उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छन् ,–‘ मेरो कर्मलाई उच्च मूल्यांकन गरि पन्चेबाजासहित सम्मानित गर्नुहुने संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु ! जतिबेला काम गर्छु त्यो समयमा मैले सम्मानको कल्पना पनि गरेको थिईन् । हुन त राष्ट्रलाई नै उत्कृष्ठ काम देखाउन नसकेको हककुला तर मेरो ठाँउमा चाहि मेरो हैसियत भन्दा धेरै माथि उठेर काम गर्न सकौं लागेर काममा लागेको छु । कति सक्छु थाहा छैन । मूल्यांकन हुदैन भन्ने सुनेको थिए तर मूल्यांकन हुदोरहेछ । कर्म गर्ने फलको आस नगर्ने सिद्धान्तमा हिडीरहेको म बटुवालाई थाहाछैन मैले कमाएको सम्पति यहि रहेछ भन्ने हिजोबाट मात्र बुझेको छु । ’