भद्रपुर,१२ साउन । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१-८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०-८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०-८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । आव २०८१-८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताए ।
यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१-८२ मा सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए । सो अवधिमा दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।