कमल गाउँपालिकाको स्कारपियो गाडी दमकमा दुर्घटना

दमक ,१२ साउन । झापाको कमल गाउँपालिकाका कर्मचारी चढेको गाउँपालिकाको स्कारपियो गाडी आज विहान दमकमा दुर्घटनामा परेको छ । गाउँपालिकाका जिन्सी शाखा प्रमुख पर्वत भण्डारी,कर्मचारी सन्तोष गौतमसहित कर्मचारीहरु चढेको गाडी दमक–ताराबारी डिपु भित्री सडकखण्डमा दुर्घटनामा परेको हो । गौतम गाडी चालक हुन् ।
दुर्घटना लगत्तै उनीहरुको स्वास्थ्य परीक्षणका लागि आम्दा अस्पताल दमकमा लगिएको छ । प्रदेश १ –०१–००१ झ २७६ नम्बरको सो स्कारपियो गाडी पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रयोग गर्देआएकी थिइन् ।
तीव्र गतिका कारण गाडी अनियन्त्रीत भई सडक किनारको फुटपाथसम्मको भागमा एक्कासी ठोकिन्न पुगेको थियो । ठक्करबाट गाडीको अगाडीको भाग कुच्चिएको छ ।
गाडीमा उपाध्यक्ष न्यौपाने भने नभएको बुझिएको छ । कर्मचारी लिएर कार्यालयतर्फ जादै गर्दा गाडी दुर्घटना हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताए ।
प्रहरीले दुर्घटनामा मानवीय क्षति कसैलाई नभएको र घटनाका बारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सीनाले बताए ।

Leave a Reply

Your email address will not be published.