बरालले खोले दमकमा सर्जिकल पसल

दमक,१३ साउन । दमकका युवा व्यवसायी बद्री बरालले सर्जिकल पसल सञ्चालनमा ल्याएका छन् । दमक- ६ मस्जिद लाइनको आफनै भवनबाट उनले आजदेखि ग्लोबल मेडिल्याब एण्ड सर्जिकल पसल सञ्चालनमा ल्याएका हुन् ।
उक्त सर्जिकलको आज एक कार्यक्रमका बीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले  रिवन काटेर उद्घाटन गरे । कार्यक्रममा संघका तृतीय उपाध्यक्ष रुबल अधिकारी ,व्यवसासी रमेश लुइँटेल ,नेत्र चम्लागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
लामो समयदेखि सर्जिकल ब्यबसायमा संलग्न बरालले सर्जिकलका थोक तथा खुद्रा समानहरु सुपथ मूल्यमा उपलव्ध गराउने बताए ।

Leave a Reply

Your email address will not be published.