हात्तीले भद्रपुरमा तीनवटा घर भत्कायो

झापा , १२ साउन । जंगली हात्तीले भद्रपुर ४ मा आज बिहान तीनवटा घर भत्काएर क्षति पुर्याएको छ ।बिहान २ बजे आएका जंगली हात्तीले भद्रपुर ४ साम्पाङ चोक बस्ने माया राईको घरको बरण्डा, झ्याल र टिनको छानो भत्काई घरमा रहेको अन्नपात, भाडावर्तन नष्ट गरी अन्दाजी २७ हजार मूल्य बराबरको क्षति गरेको छ । त्यस्तै सोही ठाउँ बस्ने अमर आङदेम्वेको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडावर्तन २५ हजार बराबरको क्षति गरेको छ भने धनबहादुर राईको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडावर्तन नष्ट गरी २१ हजारबराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

दुईवटा जंगली हात्ती आई घर र भान्साकोठा भत्काई क्षति पुर्याएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी महेशपुरबाट टोली खटीगएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।तीन दिन अघि मात्र जिल्लाकै कन्काई नगरपालिकाको सुरुंगा वजारमा हात्तीले उपद्रो मच्याएको थियो ।

Leave a Reply

Your email address will not be published.