दुई सय विपन्नलाई सुधारिएको चुलो वितरण

गौरीगञ्ज, १२ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाले पालिका भित्रका करिव २ सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।लोपोन्मुख,सिमान्तकृत र अल्पसंख्यक वर्गका समुदायलाई लक्षित गरि गाउँपालिका भित्रका करिब २ सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताईन् ।
उनका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक उर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वार्ड १ देखि ६ सम्मका सिमान्तकृत तथा अल्पसंख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो ।
धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभुति दिलाउन गाउँपालिकाले सहजीकरण गरि वैकल्पिक उर्जा अन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उनले बताईन् ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा रिमुफ नेपालकी अध्यक्ष सत्यदेवी खड्का, कांग्रेस नेता डा.खगेन्द्र पाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, ईन्द्र भण्डारीलगायतले सुधारिएको चुलोको उपयोगिता र त्यसको आवश्यकताबारे बोलेका थिए । कार्यक्रममा प्रशासकीय अधिकृत कृष्ण कार्की, गौरीगञ्ज ६ का वार्ड अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, रमाकुमारी विक, वार्ड सदस्य आसामुदिन मिया, सुशील राईलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.