सुनसरी, १३ साउन । बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीको प्रहरीले मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको जनाएको छ ।