किसान महासंघ प्रदेश समिति विस्तार

दमक ,११ साउन । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ कोशी प्रदेश कार्यसमिति विस्तार गरिएको छ ।महासंघका प्रदेश सभापति राजेन्द्र भट्टराईले विधान बमोजिम २७ सदस्यीय प्रदेश कार्यसमिति विस्तार गरेका हुन् । महासंघ अध्यक्षतामा तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य श्री केशव भट्टराई प्रमुख आतिथ्यतामा हालै बसेको पहिलो प्रारम्भिक बैठकले कार्यसमिति विस्तार गरिएको सभापति भट्टराईले जानकारी दिए ।

विस्तारित कार्यसमितिको उपसभापतिमा नविन चौधरी,भगिरथ सुवेदी शर्मा,सचिवमा भविन खड्का,यज्ञप्रसाद भट्टराईलाई मनोनित गरिएको छ ।यसैगरि, सदस्यहरुमा गोपालप्रसाद दाहाल, श्रीप्रसाद तिवारी,कृष्णप्रसाद दाहाल, बासु गुरागाई ,भावना अर्याल,केदार पौडेल, तिलविक्रम चेम्जोङ्ग,सुनिल थेवे,दिपक वान्तवा लगायतलाई मनोनित गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.