दमक,११ साउन । निर्माण व्यवसायी समेत रहेका दमकका युवा व्यवसायी विक्रम खाम्देन लिम्बू राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।राप्रपाको युवा दस्ताका रुपमा चिनिने उक्त संगठनका केन्द्रीय अध्यक्ष फडिराज ओडारी (राजु ) ले लिम्बूलाई संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । काठमाडौमा संगठनको केन्द्रीय समिति विस्तार तथा भेलाले संगठन विस्तार अन्तर्गत केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।
उनीसंगै झापाबाट संगठनको केन्द्रीय सदस्यमा नविन ढकाल, रोशन दंगाल, पुनम सिंह राजवंशी, हरि तिवारी भुपाल बस्नेत, जीवन कुमार थापा, योगेन्द्र कुमार खनाल, लक्ष्मण कुमार लिम्बू, प्रह्लाद थापा र उत्तम भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको संगठनद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।