दमक, ११ साउन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगी स्थित सडक खण्डमा टिफरको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं ५ का १६ बर्षिय सञ्जिव लिम्बु भएको खुलेको हो । पाँचथर सदरमुकामबाट सदरमुकामबाट ७२ किलोमिटर टाढा रहेको छ ।
आज साँझ करिब ५.१५ बजे पूर्व तर्फ जाँदै गरेको प्रदेश ३ ग ०३ ००१ क २१२ नम्बरको टिफरले साइकल यात्री लिम्बुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टिफर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।