पाडाजुँगीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु


दमक, ११ साउन । पू
र्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगी सडक खण्डमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज साँझ करिब ५.१५ बजे तिर पूर्व तर्फ जाँदै गरेको प्रदेश ३ ग ०३ ००१ क २१२ नम्बरको ट्रिफरको ठक्करबाट वतन खुल्न नसकेका अन्दाजी ४० बर्षिय एक जना साइकल यात्री घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्करबाट मृतकको शव क्षत विक्षत भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै, ठक्कर। दिने टिपरका चालक मकवानपुर चुरेमाइ ५ बस्ने सुजन वाइवा र टिपरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.