दमक,११ साउन । दमक नगर ईसाई समाजको आयोजनामा आज यहाँ आयोजित खुल्ला रक्तदानमा ७० पिन्ट रगत संकलन गरिएको छ ।इसाई समाजको ४३ ओैं खुल्लाव्यापी रक्तदान कार्यक्रम अन्तर्गत भएको रक्तदानमा २६ जना महिला र ४४ जना पुरुषले गरि ७० पिन्ट रथत संकलन भएको कार्यक्रम संयोजक रोजी शेर्पाले बताईन् । इसाई समाजले बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गरिआएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बताए ।
दमक नगरपालिकाका प्रमुख मेयर राम थापाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केनद्रको प्राविधिक सहयोग रहेको थियो । स्थानीय वरपिपल चौंकमा भएको रक्तदानमा दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, इसाई समाजमा आवद्ध अनुनायीहरुको उपस्थिति रहेको थियो ।