व्यवसायी पौडेलको जंगलमा शव फेला, हत्या भएको आशंका

बिर्तामोड , ११ साउन । झापाको शान्तिनगर बर्नेमा व्यवसाय सञ्चालन गर्दै आएका एक जना युवा व्यवसायीको शव जंगलमा फेला परेको छ । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा ताप्लेजुङ, पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेलको आज विहान शव फेला परेको हो ।

बर्नेबाट किरानाको सामान ल्याउन बिर्तामोड आएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ छ बजेसम्म घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको चेन गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.