दमक,११ साउन । दमकका सामाजिक अगुवा समेत रहेका हलुका सवारी चालक गणेश गौतमले आफनो जन्म दिनको अवसरमा शैक्षिक छात्रवृत्ति अक्षयकोष राख्ने घोषणा गरेका छन् ।आफना जन्मदिनका अवसर पारेर आज उनले दमकको हिमचुली बचत तथा ऋण सहकारी संस्थामा रु १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय संस्था जीवन चक्र समाज दमकका अध्यक्ष समेत रहेका युवा व्यक्तित्व गौतमले कोष घोषणासंगै सहकारीकी अध्यक्ष लिला ढुङगेल दाहाललाई अक्षयकोषको खाता सञ्चालन गर्न ५ हजार रकम प्रदान गरे । गौतम आजदेखि ४१ औ वर्षमा प्रवेश गरेका हुन् ।
गौतमले आफनो र परिवारको जन्म दिनको अवसरमा आर्शिवादसंगै आफूले प्राप्त गर्ने दानदक्षिणा समेत जम्मा गरी एक लाख पुरयाँउने प्रतिवद्धता जनाए । कोषको रकमबाट प्राप्त हुने ब्याज रकम समाजमा रहेका अति विपन्न तथा जेहेन्दार विधार्थीलाई अध्ययनका लागि सहयोग गर्ने उल्लेख गरे ।
उनले यसअघि भने विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक,स्टेशनरी र विद्यालय पोशाक दिएर आफनो जन्मदिन मनाउदैआएका उनले सुनाए । जन्मदिनलाई फरक किसिमले मनाउदैआएका उनले यसरीनै केहि गरौ भन्ने सोच भएका मानिसबाट जन्मदिन ,बैबाहिक बर्षगाठमात्र नभएर आफना दिवंगत पितृको स्मृतिमा भएपनि यस किसिमको सेवामुखी कार्य गर्न सकिए त्यसले समाजलाई विशिष्ट योगदान पुरयाँउने विचार राख्छन् ।