चलचित्र छायांकनका क्रममा विराज भट्ट घाईते

काठमाण्डौ, १२ साउन । चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन । उनि भोजपुरी चलचित्र ‘आक्रोश’ छायांकनका क्रममा घाइते भएका हुन। भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको जनाएको छ ।

चलचित्रका लागि ‘एक्सन स्टन्ट’ गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ । ४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको निर्माणपक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.