
उर्लावारी, १२ साउन । कोरोना संक्रमणको जोखिम बढेपछि मोरङको उर्लाबारी नगरपालिकाले व्यवसाय तथा बजार बन्द गराएर कडाइ गर्ने निर्णय गरेको छ । मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ
उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोरोनाको ‘चेन ब्रेक’ गर्न बुधबार बिहानबाट लागु हुनेगरी औषधि, दुध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय गरेको हो ।
मेयर खड्ग फागोले कडा नियमसहितको लकडाउनमा नगरे थप जोखिम हुने देखिएकाले यस्तो निर्णय गरिएको बताए ।संक्रमणको जोखिम थप बढेकोले एक सातासम्म संक्रमणको फैलावट रोक्न यस्तो निर्णय गरिएिको हो। पछिल्लो समय मोरङका स्थानीय तहहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।