काठमाण्डौं,११ साउन । बैदेशिक रोजगारीकालागी मलेसिया जान लागेका ४ युवालाई ठगी गरेको आरोपमा प्रहरीले एक जना दलालीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला,उदयपुर घर भई भक्तपुर सल्लाघारी बस्ने भिम कुमार श्रेष्ठ रहेका छन् । उनले रामेछापका कृति कुमार श्रेष्ठबाट ६०हजार ,सप्तरीका प्रबेश प्रधानबाट ८० हजार ,सप्तरीकै किरन कुमर श्रेष्ठबाट ६० हजार , र पाल्पाका दिल बहादुर अर्घाली मगरबाट १लाख गरि कुल ३ लाख ठगेको बताइएको छ । ठगले उनीहरुलाई ललितपुरको ग्वार्कोमा रहेको इन्टरनेशनल मेनपावर रेकुपमेन्टबाट पठाई दिने भनि उक्त रकम असुलेको पीडितहरुले बताएका छन् । शून्य लागत शुल्कमा वैदेशिक रोजगारीमा लैजाने भनिएपनि ती दलालले मोटो रकम असुलेको पीडितको भनाई छ ।
खाडी तथा मलेशियामा पठाउदै आएको सो मेनपावरले सन २०१६ देखि नै बेरोजगार युवाहरुलाई श्रम गन्तब्य मुलुकहरुमा शून्य लागतमा कामदार पठाउदै आएको छ । वैदेशिक रोजगारीमा जान चाहने युवाहरुले सिधै मेनपावरमा समपर्क गर्नुहुन वा बिभिन्न जिल्लाहरुमा हुने भिलेज क्यम्पियन इन्टरभ्युम समेत सहभगिता हुन उक्त मेनपावरका म्यानेजर मिनबहादुर सुनारले आग्रह गरेका छन् । देशमा रोजगारीको कुनै ब्यबस्था नभए पछि युवा बिदेसिनुको बिकल्प नभएको नेकपा समाजवादी झापा,शिवसताक्षीका नेता नबिन इजम बताउँछन् ।
शिवसताक्षीबाट मत्रै करिब ४ सयका हाराहारीमा जाने
आर्थिक अवस्था राम्रो भएको परिवारले त पैसा खर्च गरेर राम्रै ठाँउमा पठाउछन ,नहुने बिपन्नका छोराछोरी त ऋण गरेर पनि बिदेसिनु पर्ने अवस्था रहेको र यो शुन्य लागत शुल्कमा बिदेश जान पाउँदा युवाहरु हर्षित भएर गएका छन् । शून्य लागत शुल्कमा झापाको शिवसताक्षीबाट मत्रै करिब ४ सयका हाराहारीमा जाने भएका छन् ।
जसअन्तर्गत हालसम्म शिवसतक्षीका २सय ५०जना मेइबन टेक्नोलोजी कम्पनीको लागि गईसकेको र बाँकी मेइबन माइक्रो र जेसि वाइको लागि जुलाई ३१ तारिखसम्ममा पठाई सक्ने बताइएको छ । यस कम्पन्नीमा झापासहित डडेलधुरा ,पाल्पा,रामेछाप लगायत प्रदेश १का विभिन्न जिल्लाका युवाहरु र मधेश प्रदेशका समेत युवाहरुले यो अवसर पाएका छन् ।