गौरादहमा साना किसानको कृषि भवन शिलान्यास


गौरादह,१२ साउन । गौरादहका साना किसान सहकारी संस्थाहरुले कृषि वजारका लागि आफनो छुट्टौ भवन बनाउने भएका छन् । गौरादहका ५ वटा साना किसान सहकारी संस्थाहरुको साझेदारीमा निर्माण गरिने कृषि भवनको सोमबार एक कार्यक्रमका बीच गौरादह नगर प्रमुख रोहित कुमार साहले शिलान्यास गरे ।
भवनको शिलान्यास गर्दे नगर प्रमुख साहले कृषि उत्पादन संगै त्यसको वजारीकरण गर्न कृषि भवन उपयोगी हुने जोड दिए ।
गौरादह १ स्थित डिपु चौंकमा शिलान्यास गरिएको भवन निर्माणमा गौरादह भित्र रहेको गौरादह ,महरानीझोडा, जुरोपानी, कोहवरा र बैगुनधुरा साना किसान सहकारी संस्थाको रु २० लाख लगानी रहने जनाईएको छ ।
छ महिना भित्र निर्माण पूरा गरिसक्ने सो कृषि भवन पाँच कोठे हुने गौरादह साना किसान सहकारी संस्थाकी अध्यक्ष तुलसा भुजेलले बताइन् ।

Leave a Reply

Your email address will not be published.