कमलका निर्माण व्यवसायी बुढाथोकी दुई दिनदेखि लापत्ता

कमल,११ साउन । झापा, कमल गाउँपालिका ७ गेउरिया चौक निवासी निर्माण ब्यवसायी तिलक बुढाथोकी वेपत्ता भएका छन् । हिजो आइतबार बिहान ५ बजे तिर घरबाट साथमा मोबाइल समेत नलिई बाहिर निस्किएकाउनी हालसम्म पनि वेखबर छन् । एकाएक हराएपछि उनको खाजीका लागि आफन्त नातागोता छरछिमेक तथा साथीभाइ चिनजान सबैतिर सम्पर्क गर्दा समेत अहिलेसम्म फेला नपरेको उनका छोरा प्रकाश बुढाथोकीले बताए । दक्षिण कोरियामा रहेका छोरा प्रकाशले सामाजिक सञ्जालमार्फत बुबाको खोजी कार्य गरिदिन सवैसंग अनुरोध गरेका छन् ।
दाहिने खुटटा काटिएका शारीरिक रुपमा अशक्त बुढाथोकीको खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी समेत गरिसकेका छन् । परिवारजनले वेपत्ता भएका उनको कसैले फेला परे नजिकको प्रहरी कार्यालय वा मोबाइल न ९८१३७४४५३० समपर्क गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.