नेकपा एस झापाले थाल्यो घर निर्माण अभियान

झापा,१० साउन । एकीकृत समाजवादी झापा जिल्ला कमिटीले नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा जिल्लाका १५ वटै पालिकामा एक–एकवटा घर निर्माण गर्ने अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत बिहीवार झापाको भद्रपुर नगरपालिका–२, महारानी चोकपूर्वमा बसोबास गर्दै आएका अतिविपन्न इन्द्रमाया खातीको परिवारका लागि घर निर्माणको शिलान्यास गरिएको छ ।
कार्यक्रममा एकीकृत समाजवादीका झापा इन्जार्ज पुष्प पोखरेल, सहइन्जार्ज चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष बीपी भट्टराई लगायतको उपस्थितिमा घर शिलान्यास भएको हो ।
अभियानका संयोजक बासु दुलालले पार्टीले १५ वटै पालिकामा पालैपालो घर बनाइदिने जनाए ।
जिल्लाका सबै स्थानीय तहमा अतिविपन्न तथा आवासविहीन परिवारको पहिचान गरी ‘जनतालाई ओत’ सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको अभियान पार्टीले समाजवादी दर्शनअनुसार व्यवहारमा ल्याएको ठोस कदमको रूपमा हेरिएको इन्चार्ज पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published.