दमक,११ साउन । दमक -६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले २०८० सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि रू ५१ हजार प्रदान गरेको छ ।
सहकारीले कर्मचारी समेत रहेका आफना शेयर सदस्य लोकबहादुर बस्नेतका छोरी कुशिकालाई छात्रबृति वापत उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ । सहकारीकी दमक सेवा केन्द्र कार्यालयकी प्रमुख टिकाकुमारी भट्टराईले कुशिकालाई नगद हस्तान्तरण गरेकी थिइन् ।
झापा, कमल गाउँपालिका ५ निवासी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कूलबाट एसईई परीक्षा दिएकी थिइन् ।