दमक,१० साउन । दमक -६ मा मुख्य कार्यालय रहेको उद्यम बचत तथा ऋण सहकारी संस्थाले आज आयोजना गरेको रक्तदानमा ३४ पिन्ट रगत संकलन भएको छ ।संस्थाको १५औ स्थापना दिवसको अवसर पारेर फर्निचर लाइनस्थित आफनो कार्यालयमा आयोजित रक्तदानमा अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईसहित ३४ जनाले रगतदान गरेका थिए ।
रक्तदानमा संस्थाकी अध्यक्ष खड्कासहित व्यवस्थापक प्रेम भण्डारी, संस्थाका सचिव विरेन्द्र पोख्रेल,पत्रकारहरु विष्णु सुब्बा,मनकुमार गदाल, सहकारीका सञ्चालक ,आस्था कलेजका विद्यार्थीहरु, सर्वसाधारणहरुले रगतदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागि दाताहरुलाई मायाको चिनो स्वरुप छाता र प्रशंसापत्र समेत वितरण गरिएको थियो । संस्थाले आफनो स्थापना दिवसमा नियमित रुपमा यसरीनै रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरु गरिआएको उपाध्यक्ष रणबहादुर बराईलीले जनाएका छन् ।रक्तदानमा संस्थाका सञ्चालक , शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसैगरी बुधबारनै दमक १ स्थित फाल्गुनन्द चोकमा पनि लायन्स क्लव अफ बिग बुद्ध र आनन्द मनी टान्सफर दमकको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।