दमक,१० साउन । राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय उपाध्यक्षमा दमककी सामाजिक तथा राजनीतिक व्यक्तित्व मन्दरा चिमौरिया पौडेल चुनिएकी छन् । आइतवार ललितपुरमा सम्पन्न मञ्चको पाँचौं केन्द्रीय अधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी हुन् । महिला अधिकारका क्षेत्रमा कृयाशील संस्था मञ्चमा यसअघि उनले विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन् ।
उनी नेपाली काङ्ग्रेस झापा क्षेत्र न. ५ को महाधिवेशन प्रतिनिधि , निम्स हस्पिटल ब्यबस्थापन समितिकी उपाध्यक्ष शी छलगायतका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशी छन् ।
महिला आयोगकी संयोजक कमला कुमारी पराजुलीको प्रमुख आतिथ्यतामा भएको महाधिबेशनमा देशभरिका शाखाबाट ठुलो संख्यामा प्रतिनिधिहरुको सहभागिता रहेको थियोे । केन्द्रीय अधिबेशनले मञ्चको अध्यक्षमा सरिता घिमिरे अध्यक्षमा चुनिएकी थिइन् ।