
झापा,११ साउन । सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन्। जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो। तर पछिललो २४ घण्टामा भने डेढ महिना यताकै धेरै ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।