दमक ,११ साउन ।नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्हका नव निर्वाचित केन्द्रीय उपाध्यक्ष बिश्वदिप लिङ्देनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।
दमकस्थित काङ्ग्रेस पार्टी कार्यालयमा शुक्रबार एक कार्यक्रम गरि लिङ्देनसहित महासङ्हका सहमहामन्त्री तेजबहादुर धिमाल ,केन्द्रीय सदस्य शिला तामाङ, पदम लिम्बू लगायतकालाई सम्मान गरेको हो । उनीहरुलाई सम्मान पत्र,खादा ओढाएर सम्मान प्रदान गरेका थिए । महासंघको गत असार १३ गते काठमाण्डौं सम्पन्न प्रथम महाधिबेशनले झापा क्षेत्रन. ५ बाट केन्द्रीय उपाध्यक्ष लिङदेनसहित चार जना केन्द्रीय समितिमा निर्वाचित भएका थिए । महासंघको अधिबेशनले केन्द्रीय अध्यक्षमा ओमबहादुर घर्ती मगरको अध्यक्षतामा केन्द्रीय समिति निर्विरोध चयन भएको थियो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ झापा –५ क्षेत्रिय समितिका अध्यक्ष जितु धिमालको अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भट्टराई ,महासङ्ह झापाका जिल्ला अध्यक्ष दिलकुमार नेम्बाङको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वक्ताहरुले देशको राजनीतिक पविर्तनका लागि भएका सवै खाले आन्दोलनमा आदिवासी जनजातिहरुको योगदान अतुलनिय भएकाले अव पनि कांग्रेस बलियो बनाउन महासंघले काम गर्नुपर्ने खाँचो रहेको औल्याए ।
झापा प्रदेश (क) का अध्यक्ष राजेन्द्र राजबन्शीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लिम्बू, सम्मानित व्यक्तित्व महासङ्हका केन्द्रीय उपाध्यक्ष लिङ्देन,कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, दमक नगर सभापति प्रकाश प्रसाई लगायतले बोलेका थिए ।पार्टीका नेता,कार्यकर्ता ,महासङ्हका जिल्ला नेतृत्व ,सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासङका क्षेत्रीय सचिब आसिस लोछार्बोले गरेका थिए ।