दमक, १० साउन । प्रदेश १ का सहकारी मन्त्री ओमप्रकाश सरावगीले नेपालमा सहकारीहरुले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुरयाँएको वताएका छन् । दमकमा केन्द्रीय कार्यालय रहेको उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न १४औं बार्षिकोत्सव स्थानीय मारवाडी सेवा समितिको सभाहलमा आयोजित बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे मन्त्री सराबगीले सहकारी संस्थामा महिला सहभाभिताले सामाजिक रुपान्तरण गरिआएको जोड दिए ।
सहकारी संस्थाका कारण महिलाहरुको आर्थिक, सामाजिक संगै राजनैतिक पहुँचमा सुधार आएको चर्चा गर्दे उनले भने ,–‘महिला सशक्तिकरणका लागि सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेकाले त्यसमा प्रदेश सरकारले सहयोग पुरयाँउने छ ।‘
कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा, दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराईलगायतले बोल्नु भएको थियो ।सहकारीकी अध्यक्ष चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने १५ जना सदस्यहरुलाई सम्मान तथा बार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने २६ जना दातालाई प्रंशसा पत्र समेत वितरण गरिएको सचिव विरेन्द्र पोख्रेलले जानकारी दिए ।