नेविसंघद्धारा झापामा डिजीटल वक्तृत्वकला प्रतियोगिता सञ्चालन

दमक,९ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापाले डिजीटल वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।विपी स्मृति दिवसको अवसर पारेर साउन ७ गते देखि सामाजिक सञ्जालको प्रयोग गरेर विद्यार्थीहरुबीच डिजिटल वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको हो ।

अहिलेको डिजिटल जमानामा फरक शैली र प्रविधिको प्रयोग गरेर वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौलाले जानकारी दिए । एक विद्यालय एक विद्यार्थीको अवधारणामा सहभागिता जनाईएको वक्तृत्वकला प्रतियोगितामा संसदमा विचाराधिन अवस्थामा रहेको विद्यालय शिक्षा विद्येयकका बारेमा तीन वटा बिषय दिइएको छ । विद्यार्थीको आवाजः विद्यालय शिक्षा विद्येयकलाई कसरी विद्यार्थीमैत्री बनाउने ? सामुदायिक विद्यालय र शिक्षा विद्येयकः विद्यार्थीका पीडा वा परिवर्तन ? र शिक्षा विद्येयक र विद्यार्थी आन्दोलनः किन जरुरीछ आवाज उठाउन ? यी तीन मध्ये एउटा बिषयमा बिद्यार्थीले ३ देखि ५ मिनेटसम्मको वक्तृत्वकलाको भिडियो बनाएर पठाउनु पर्ने अध्यक्ष निरौलाले बताए ।

साउन ७ गते एक औपचारिक कार्यक्रमका बीच नेपाली कांग्रेस झापाका सचिव तथा बिद्यार्थी बिभाग प्रमुख नविन बिमलीले प्रतियोगिताको शुभारम्भ गरे । कार्यक्रमको डिजिटल माध्यमबाटै शुभारम्भ गर्दै नेविसंघ झापाका पूर्व सभापति समेत रहेका बिमलीले शिक्षा बिधेयकका बारेमा बिद्यार्थीहरुका बिचारहरु पनि आउने र त्यसले कानुन बनाउन मद्दत गर्ने उल्लेख गरे ।

सहभागीहरुले पठाएको भिडियो साउन ७ गतेदेखि नेपाल विद्यार्थी संघ झापाको फेसबुक पेजमा राखिएको छ । आगामी १२ गते राति १२ बजेसम्म फेसबुक पेजमा राखिएका भिडियोमा आएको लाईक र भ्यूजलाई २५ प्रतिशत र निर्णायकको निर्णयलाई ७५ प्रतिशत मानेर अन्तिम निर्णय गरी विजेता घोषणा गरिने सभापति निरौलाले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्राले ७ हजार, तेस्रो हुनेले ५ हजार र पाँच वटा विद्यालयले सान्तवना पुरस्कार स्वरुप दुई हजारका दरले नगद र प्रमाण पत्र पाउने नेविसंघले जनाएको छ ।

नेविसंघ जिल्ला सभापति निरौलाका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ३१ जना विद्यार्थीले सहभागिता जनाएको र उनीहरुको भिडियो नेविसंघ झापाको फेसबुक पेजमा हेर्न सकिने छ ।
वक्क्तृत्वकला प्रतियोगिताको संयोजकमा नेविसंघ झापाका उपसभापति योगेन गोदार थापा र डिजिटल फोकल पर्सनका रुपमा नेविसंघ झापाका सूचना तथा सञ्चार विभाग प्रमुख खुम खड्कालाई जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.