लडेर एक जनाको मृत्यु

संखुवासभा, १० साउन । सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राईको लडेर मृत्यु भएको छ । स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको हो । हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकेर आउदै गर्दा बाटो साधुरो भए कारण आफै अनियन्त्रीत भोइ सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खस्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.