सुँगुर फार्ममा एकजना पुरुष मृत फेला

झापा,८साउन । बिर्तामोडको सुँगुर फार्ममा एकजना पुरुष मृत फेला परेका छन् । विहिबार बिहान ६ः३० बजे झापाको बिर्तामोड- ६ शुभबिहानी टोल बस्ने सरोज लावतीले सञ्चालन गरेको सुँगुर फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै ओछ्यानमा मृत फेला परेका हुन् ।

मृतकका आफन्तहरु भारतको सिक्किममै रहेकाले आफन्तहरुलाई जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सम्पूर्ण कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.